जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको निधन

चितवन, ५ मंसिर । प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदै गर्दा जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको । उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

हृदयघात भएपछि उनलाई नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । चितवनमा बाम गठबन्धनले आज श्रद्धान्जलीसभा गरेको थियो । उक्त सभामा उनले गीत गाउँदै थिए । गीत गाउँदै गर्दा उनी मञ्चमै ढलेका थिए ।

श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेता रामबहादुर थापा वादल, प्रचण्ड पत्नी सीता दाहाल लगायत एमाले र माओवादीका नेताहरुको सहभागीता रहेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);