१५ हजार मत अन्तरले प्रचण्डले निर्वाचन जित्ने ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

चितवन, ५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र न ३ बाट १५ हजार मत अन्तरले निर्वाचन जित्ने दाबी गरेका छन् ।

चितवनमा आज बाम गठबन्धनले आयोजना गरेको सभामा बोल्दै अध्यक्ष ओलीले भने, ‘१०-१५ हजारको मत अन्तरले पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नजित्ने हो भने एमालेलाई लाज हुन्छ कि हुँदैन ?’

पुत्र वियोगमा परेका प्रचण्डलाई सान्त्वना दिँदै ओलीले भने, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई म अग्रिम बधाई दिन चाहन्छु तँपाईले निर्वाचन जितिसक्नु भएको छ ।’

उक्त सभामा बोल्दै ओलीले भने ‘यो देशमा अव कम्युनिष्ट सरकार बन्यो-बन्यो, कम्युनिष्ट शासन आयो-आयो’ । कम्युनिष्टको शासन आउने भयोे भन्दैमा कोही आत्तिनु पर्दैन भन्दै ओलीले कांग्रेसलाई लक्षित गर्दै भने, ‘तपाईलाई चाहिएको लोकतन्त्र हो, हामी लोकतन्त्रको रक्षा गर्छौ, यसलाई सुदृढ गर्छौ ।’

 

ताजा समाचार