गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित

gautambudhdha rangashala

काठमाडौँ, ९ चैत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

सरकारले २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेको र रंगशालामा कामदार मात्रै साढे २ सय भन्दा बढी रहेकाले तत्कालका लागि काम रोकिएको हो । यसका साथै निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने र सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम सामान्य अवस्था नहुन्जेलसम्म स्थगित गरिएको जनाइएको छ ।

गतवर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण सुरू भएको रंगशालाको चार महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारी स्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);