धुर्मुस–सुन्तलीले बनाउन लागेकाे रंगशालाको बार डोजरले भत्काएको आरोपमा कँडेलसहित १७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धुर्मुस–सुन्तलीले बनाउन लागेकाे रंगशालाको बार डोजरले भत्काएको आरोपमा कँडेलसहित १७ जना पक्राउ

dhurmus-suntali-rangshala bar

चितवन, १७ जेठ । चितवन रामपुरमा बन्ने प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएको आरोपमा प्रहरीले प्रकाश कँडेललाई पक्राउ गरेकाे छ ।

मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार लुक्दै भाग्दै हिँडेका कँडेल बुधबार मध्यरातमा भरतपुरबाट समातएिका हुन्।

कँडेल सत्तारूढ नेकपाका स्थााीय नेतासमेत हुन्। कँडेलसहित यो घटनाका १७ जना आरोपित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना महिला पनि छन्। महिलाको स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखेको एसपी मल्लले बताए।

काम स्थगित
कर्मचारी कामदारको जीउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामा खतरा र गम्भीर परस्थिति सृजना भइ काम गर्ने वातावरण नभएको भन्दै धुर्मुश सुन्तली फाउण्डेशनले काम स्थगनको घोषणा गरेको छ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरेको उल्लेख छ।

के हो समस्यारु
कृषि तथा वन विश्व विद्यालयले उपलब्ध गराएको २० विघा जमिनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गत माघ १६ मा भएको थियो। फाउण्डेशनले जनस्तरमा सहगोग अभियान चलाएर रंगशाला बनाउन सुरु गरेको हो।

तीन अर्ब लागत लाग्ने रंगशाला २२ विधाका खेल खेलाउन र प्रशिक्षण चलाउन मिल्ने बहुउद्देश्यीय हुने कट्टेल बताउँछन्। डीपीआर बन्दै गरेको रंगशालाको भदौमा औपचारिक शिलन्यास गर्ने र दुई वर्षभत्रि सक्ने लक्ष्य छ।

डीपीआरनिर्माणका साथै मैदानका कामहरू पनि अगाडि बढेको छ। परियोजनास्थलमा बार लगाइएको छ। तीनतर्फ बार लगाए पनि पश्चिमतर्फ खुलै थियो। पश्चिम सीमाका स्थानीयले बाटो चौडा बनाउन जग्गा माग गर्दै असहमति राखेका थएि। डीपीआर निर्माण सकिएपछि उपयुक्त निकास दिने भन्दै फाउण्डेशनले पश्चिमतर्फ पनि जस्ताले बारेको थियो। त्यही बार बुधबार बिहान डोजर लगाएर भत्काएका हुन्। स्थानीयसँगको सहमतिमा बार लगाए पनि भ्रामक कुरा गरेर वातावरण बिगारेको फाउण्डेशनले जनाएको छ।  यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);