रंगशाला निर्माणको लागि सहयोग समिति गठन गरेर रकम संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रंगशाला निर्माणको लागि सहयोग समिति गठन गरेर रकम संकलन

चितवन, ९ साउन । चितवनको भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु भएसँगै चितवनवासीहरु एकजुट भएर सहयोग रकम जुटाउन थालेका छन् ।

जेठ १५ मा भएको घटनापछि रोकिएको रंगशाला निर्माणको काम पुनः सुरुभएसँगै चितवनमा सहयोग समिति निर्माण हुँदै रकम संकलन गर्ने कामले तीव्रता पाएको छ । रंगशाला निर्माणका लागि चितवनमा क्रियाशील विभिन्न संघसंस्थाले रकम प्रदान समेत गरेका छन् ।

चितवनका स्थानीय तहमा रंगशाला निर्माण सहयोग समिति गठन गरेसँगै रंगशाला निर्माणमा त्यहाँका राजनीतिक दल, उद्योगी व्यवसायी तथा चितवनवासीले अपनत्व देखाएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनु भयो ।

भरतपुरमा रंगशाला निर्माणका लागि बिहीबार उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशलनलाई हस्तान्तरण गरेको छ ।

रंगशाला निर्माणका लागि फाउण्डेसनलाई एक करोड रुपैयाँ प्रदान गरिने उल्लेख गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बाँकी ४५ लाख रुपैयाँ चाँडै नै प्रदान गर्ने बताउनु भयो । रंगशाला निर्माणका लागि जनताबाट उठाएको रकम कत्ति पनि हिनामिना नहुने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताउनु भयो ।

बिहीबार नै चितवन क्रिकेट एशोसिएसनले समेत दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ रंगशाला निर्माणका लागि प्रदान गरेको छ । आगामी दसैँसम्म रंगशालाको डीपीआर निर्माण सक्ने गरी निर्माण काम अगाडी बढेको फाउण्डेसनले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);