ओलम्पिक खेलकुदको टर्च जापान पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओलम्पिक खेलकुदको टर्च जापान पुग्यो

काठमाडौं, ८ चैत । जापानमा यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको ’ओलम्पिक टर्च’ जापान पुगेको छ । विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको अवस्थामा ग्रिसबाट शुक्रबार ओलम्पिक टर्च जापान पुर्याइएको हो । जापानको ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ । जुन क्षेत्र सन् २०११ को भूकम्पले प्रभावित क्षेत्र हो ।

चीनबाट फैलिएको कोरोनाको कारण ओलम्पिक खेलकुद अन्योलमा रहेपनि टर्च जापान ल्याईएको हो । यस वर्षको ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । जापानले भने टोकियो ओलम्पिक निर्धा्रित समयमै हुने बताउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);