प्रिमियर लिगमा पाँच खेलाडी सब्सिच्युड गर्न पाइने | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

प्रिमियर लिगमा पाँच खेलाडी सब्सिच्युड गर्न पाइने

एजेन्सी, २३ जेठ । कोरोना भाईरसको कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल सुचारुपछि पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ ।प्रिमियर लिगको बिहिबार बसेको बैठकले लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको हो ।

कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुन मैदान फर्कदा कठिन हुने भएको कारण प्रिमियर लिगले खेलाडी परिवर्तनको संख्यालाई बढाउने निर्णय गरेको बताइएको छ ।

यस्तै लिग सुचारु पछि ७ देखि ९ खेलाडी बेन्चमा राख्न पाईनेछ । यस अघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई मद्दत पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न अनुमति दिएको थियो । प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ र यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);