लंका प्रिमियर लिग स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लंका प्रिमियर लिग स्थगित

एजेन्सी, २८ साउन । श्रीलंकाको फ्रेन्चाईज क्रिकेट लंका प्रिमियर लिग स्थगित भएको छ ।

अगस्ट अन्तिमबाट सुरु हुने भनिएको लंका प्रिमियर लिग नोभेम्बरको मध्यसम्मको लागि स्थगित भएको हो ।

कोरोना भाईरसको महामारीको कारण विदेशी खेलाडीले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि लिग स्थगित गरिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ । बोर्डले यस अघि २८ देखि सेप्टेम्बर २० सम्म प्रतियोगिता आयोजना गर्ने बताएको हो ।

सन् २०१२ मा पहिलो संस्करण आयोजना भएपनि लंका प्रिमियर लिग नियमित रुपमा सञ्चालन हुन सकेको छैन । चार फरक अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा २३ खेल हुनेछन् । ७० भन्दा बढी अन्तराष्ट्रिय खेलाडी तथा विश्वका १० उत्कृष्ट प्रशिक्षकले घरेलु खेलाडीसंग प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);