म्यान्चेस्टर युनाईटेड र आर्सनल बिच म्खितार्यान र स्यान्चेज साटासाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

म्यान्चेस्टर युनाईटेड र आर्सनल बिच म्खितार्यान र स्यान्चेज साटासाट

एजेन्सी, ९ माघ । मिडफिल्डर हेनेरिक म्खितार्यान साट्दै म्यान्चेस्टर युनाइटेडले आर्सनलका फरवार्ड एलेक्सीस सान्चेजलाई अनुबन्ध गरेको छ । इंग्लिस प्रिमियर लिगका महारथी क्लबले जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा ठूलो ट्रान्सफर पुरा गरेका हुन् ।

आर्सनलका प्रशिक्षक आर्सेन बेङ्गरले यदि म्खितार्यान आर्सनल आए मात्र साञ्चेज स्यान्चेज जाने बताएका थिए । दुवै क्लबले आफ्ना पूर्व-खेलाडीलाई धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् ।

म्यानचेस्टर युनाइटेडले करारको अन्तिम समयमा रहेका कारण विन्डोको सुरुआतदेखिनै आर्सनलबाट एलेक्सिस स्यान्चेजलाई ल्याउने प्रयास गरेको थियो । आर्सनलले स्यान्चेजको सट्टा अहिले मोउरिन्होको रोजाईमा नपरेका म्खितार्यानको माग राखेको थियो । दुवै क्लबबीच खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमती भएपछि दुवै क्लबले एकै समयमा यसको घोषणा गरेका थिए ।

अाफ्नाे खेल जीवनकाे राेचक र च्यालेन्जिङ समयमा अाइपुगेका पूर्व बार्सिलाेना र अार्सनलका चिलियन फरवार्ड स्यान्चेजले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने निश्चित भइसकेकाे छ। तर अर्मेनियाका स्टार म्खितार्यान काे जर्सी नम्बरको टुंगो लागको छैन। स्यान्चेज म्यानचेस्टर युनाइटेडबाट खेल्ने चिलीका पहिलो खेलाडी हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);