१६ औँ आहा रारा गोल्डकपमा सुदूरपश्चिम–११ को विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

१६ औँ आहा रारा गोल्डकपमा सुदूरपश्चिम–११ को विजयी सुरुवात

 उद्घाटन खेलमा आयोजक सहारा क्लब ३–० गोलले पराजित

पोखरा, ९ माघ । १६ औँ आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा धनगढीको सुदूरपश्चिम–११ स्पोर्टिङ क्बलले विजयी सुरुवात गरेको छ । मंगलबारदेखि पोखरा रगंशालामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई ३–० ले गोलअन्तरले हराउँदै सुदूरपश्चिम–११ ले विजयी सुरुवात गरेको छ ।

अघिल्लो वर्ष उद्घाटन खेलमै साहरा क्लबसँग ४–० को लज्जास्पद हार व्यहोरेर सुदूरपश्चिम–११ घर फर्किएको थियो । प्रतियोगितामा ३ विभागीय टोलीसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै भारत र बंगलादेशबाट एक–एक टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ हात पार्नेछ । विजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा उत्कृष्ट पाँच खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);