आहा रारा गोल्डकपको दोस्रो खेलमा धरान फुटबल क्लब विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आहा रारा गोल्डकपको दोस्रो खेलमा धरान फुटबल क्लब विजयी

पोखरा, १० माघ । १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा धरान फुटबल क्लब विजयी भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा भारतको सिक्किम युनाइटेडलाई धरानले ३–० ले पराजित गरेको हो । आजको खेलको म्यान अप दि म्याच धरानका निशान लिम्बु घोषित भए ।

हिजो सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई सुदूरपश्चिम–११ ले ३–० ले पराजित गरेको थियो । प्रतियोगितामा ३ विभागीय टोलीसहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ हात पार्नेछ । विजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा उत्कृष्ट पाँच खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);