लिग कप फुटबलको फाइनलमा आर्सनलले म्यानचेस्टर सिटीको सामना गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लिग कप फुटबलको फाइनलमा आर्सनलले म्यानचेस्टर सिटीको सामना गर्ने

एजेन्सी, ११ माघ । चिरप्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दै आर्सनल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति आफ्नो मैदानमा भएको सेमिफाईनलको दोस्रो लेगमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनल फाइनलमा प्रवेश गरेको हो । आर्सनल र चेल्सीले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा अग्रता भने चेल्सीले लिएको थियो ।

सातौं मिनेटमा एडिन हाजार्डको गोलमा चेल्सीले अग्रता लिएको हो । तर १२ औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरले आत्माघाती गोल गरेपछि खेलमा १–१ गोलको बराबरी भयो । ६० औं मिनेटमा ग्रानिट झाकाले गोल गर्दै आर्सनललाई विजयी गराए ।

जितसँगै आर्सनलले लिग कप फुटबलको उपाधिका लागि म्यान्चेस्टर सिटीसँगको भेट पक्का गरेको छ । म्यान्चेस्टर सिटी यसअघि नै ब्रिस्टोल सिटीलाई पराजित गरी काराबाओ कप पनि भनिने लिग कप फुटबलको फाइनलमा पुगिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);