च्याम्पियन लिगमा आज म्यानेचेष्टर सीटी र रियल म्याड्रिड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

च्याम्पियन लिगमा आज म्यानेचेष्टर सीटी र रियल म्याड्रिड भिड्दै

city vs real

एजेन्सी, २३ साउन । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा आज राती दुई ठूला क्लब म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगमा आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल म्याड्रिड भीड्न लागेका हुन ।

यी दुई ठुला क्लब सिटी र रियलबीचको खेल इतिहाद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । कोरोना भाईरसको महामारीको कारण लामो समय रोकिएको दुई टोलीबीचको खेलमा दुवै टीम एक अर्कालाई हराएर अन्तिम आठको यात्रा तय गर्ने दाउमा छन । पहिलो लेगमा सिटीले रियललाई उसैको मैदानमा २–१ गोल अन्तरले हराएको थियो ।

पहिलो लेगको जितको कारण सिटीलाई क्वाटरफाइनलमा पुग्न बराबरीले पुग्नेछ ।तर,स्पेनिस ला लिगा च्याम्पियन बनेको रियललाई हराउन सिटीलाई चुनौती रहेको छ । सिटीविरुद्ध रियल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);