प्रिमियर लिगमा चेल्सीलाई ब्राइटनको चुनौती, उल्भ्सले सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एजेन्सी, २९ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति चेल्सीले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टीम बीचको खेल नेपाली समय अनुसार राती १ बजे शुरु हुनेछ । बलियो टिम मानिएको चेल्सीले ब्राइटनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । चेल्सी ब्राइटनलाई हराएर खेलमा सुखद शुरुवात गर्ने दाउमा छ ।

ब्राइटन पनि यो सिजनको पहिलो खेलमा चेल्सीलाई पराजित गरेर सुखद नतिजा निकाल्ने योजनामा रहेको छ । तर, बलियो टिम चेल्सीलाई रोक्न ब्राइटनलाई सहज भने छैन । यस्तै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडसँग खेल्दै यो सिजनको सुरुवात गर्नेछ ।सेफिल्डको मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);