युएस ओपन टेनिसको उपाधि डोमिनिक थिएमको हातमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

युएस ओपन टेनिसको उपाधि डोमिनिक थिएमको हातमा

एजेन्सी, २९ भदौ । युएस ओपन टेनिसको पुरुष तर्फको उपाधि अष्ट्रियन खेलाडी डोमिनिक थिएमले हात पारेका छन् । अमेरिकामा सोमबार बिहान भएको फाइनल खेलमा जर्मन खेलाडी एलेक्जेन्डर जेभरेभलाई पराजित गर्दै थिएमले पहिलो पटक ग्रान्डस्लाम उपाधि हात पारेका हुन् । दोसो बरियताका २७ बर्षे थिएमले दुई सेटले पछि परेको अवस्थामा खेल आफ्ना पक्षमा पारेका हुन ।

२३ बर्षे जभेरेभले पहिलो सेट ६ दुईले जितेका थिए । भने दोस्रो सेट ६ चारले आफ्नो पक्षमा पारेका थिए । तर त्यसपछि लगातार तीन सेट थिएमले जित्दै पहिलो ग्राण्डस्लामको उपाधि उचालेका हुन । थिएमले खेल २–६,४–६,६–४,६–३ र ७–६ को सेटमा जितेका हुन ।

थिएम सन् २००४ पछि ग्राण्डस्लाममा दुई सेटले पछि परेको अवस्थामा खेल जित्ने पहिलो खेलाडी हुन ।उपाधिसँगै थिएमले तीन करोड ५१ लाख अमेरिकी डलर पुरस्कार पाएका छन भने उपविजेता जभेरेभले १ करोड ७७ लाख डलर पाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);