अष्ट्रेलियाबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अष्ट्रेलियाबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड विजयी

एजेन्सी,२९ भदाै । अष्ट्रेलियाबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इङ्ल्याण्ड विजयी भएको छ ।आईतबार म्यान्चेष्टरमा भएको खेलमा घरेलु टोली इङ्ल्याण्डले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ३१ रन बनायो । इङ्ल्याण्डका लागि आदील राशिद ३५ रनमा अविजित रहे । त्यस्तै क्रिस वोक्सले २६ तथा जासन रोयले २१ रन बनाए ।

अष्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए । मिचेल स्टार्कको नाममा २ विकेट रह्यो । २ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ८ बल बाँकी छदै २ सय ७ रनमा समेटियो । कप्तान आरोन फिन्चले ७३, मारनस लबसचगनेले ४८ र एलेक्स केरीले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

इङ्ल्याण्डका साम कुरान, जोफ्रा आर्चर र क्रिस वाक्सले समान ३–३ विकेट लिए । आदिल रसिदले १ विकेट हात पारे । जितसंगै इङ्ल्याण्ड ३ म्याचको सिरिज १–१ को बराबरी भएको छ । सिरिज अन्तर्गत पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । तीन खेलको सिरिज अन्तर्गत दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);