वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१

काठमाडौं। घरेलु टोली वेस्ट इन्डिजलाई  दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ। शनिबार  बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज  ३५.३  बलमा  सबै विकेट गुमाउदा मात्र एक  सय ६१ रनमा समेटियो । उसका याननिची कारियहले  सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै  दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए  । यस्तै, ड्यारियल मिचेलले ४१  रनको योगदान गरे ।

वेस्ट इन्डिजका  केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);