लिभरपुलसँग २–० गोल अन्तरले चेल्सी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लिभरपुलसँग २–० गोल अन्तरले चेल्सी पराजित

एजेन्सी, ५ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ ।

गएराति भएको खेलमा लिभरपुले चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५० औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनाएको थियो ।

रोबर्टाे फिर्मिन्होको क्रसमा मानेले हेडमार्फत गोल गरेका थिए । त्यसको चार मिनेटपछि उनैले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाउने काम गरे । चेल्सीमाथि शानदार जितसँगै लिभरपुलले नयाँ सिजन समेत उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको छ ।

जित सहित लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ भने चेल्सीको २ खेलबाट ३ अंक भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);