आईपीएल क्रिकेटः सुपर ओभरमा दिल्लीसँग किंग्स इलेभेन पञ्जाब पराजित । | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

आईपीएल क्रिकेटः सुपर ओभरमा दिल्लीसँग किंग्स इलेभेन पञ्जाब पराजित ।

एजेन्सी, ५ असोज । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई पराजित गरेको छ ।

दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो ।

केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

पञ्जाबका लागि मयंक अग्रवालले ८९, केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।

यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको पाली खेलेका थिए । कप्तान श्रेयस लेयरले ३९ तथा ऋषभ पन्तले ३१ रन बनाए । ओपनर पृथ्वी शालाई ५ र शिखर धवनलाई शुन्य रनमा गुमाएपछि दिल्ली दबाबमा आएका थियो ।

दिल्लीबिरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रर्दशन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);