आईपीएल : दिल्ली क्यापिटल्स विजयी, सन्दीपको उत्कृष्ट प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आईपीएल : दिल्ली क्यापिटल्स विजयी, सन्दीपको उत्कृष्ट प्रदर्शन

sandeep-delhi capitals

एजेन्सी, १७ चैत । घरेलु समर्थकलाई खुसी तुल्याउँदै दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको छ । निर्धारित २० ओभरमा दुवै टिमले समान १ सय ८५ रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले १ विकेट गुमाएर १० रन बनाएको थियो । ११ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले ७ रनमात्र बनाउन सकेको थियो ।

दिल्लीका १९ वर्षीय शले आईपीएलमा पहिलो शतक बनाउन १ रनले चुकेका थिए । उनले ५५ बलमा १२ चौका र ३ छक्का प्रहार गरी ९९ रनमा आउट भए । शतक बनाउने उत्कृष्ट अवसरमा खराव शट खेल्न पुग्दा उनी आउट भए । दिल्लीका लागि कप्तान श्रीयास आयरले ३२ बलमा ४३ रन बनाएका थिए । शिखर धवनले १६ र रिशभ पन्तले ११ रन बनाएका थिए । पाँचौं बलमा कुलदीप आउट हुँदा दिल्लीलाई जितका लागि २ रन आवश्यक थियो । तर, इन्ग्रामले एक रनमात्र लिन सकेपछि खेल बराबरी भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । सुरुआती ५ विकेट सस्तैमा गुमाए पनि दिनेश कार्तिक र आन्द्रे रसेलले छैटौं विकेटका लागि ९५ रनको साझेदारी गरेपछि कोलकाताले सम्मानित योगफल बनाएको थियो ।

दिल्ली क्यापिटल्सबाट तेस्रो खेलमा मौका पाएका सन्दीपले कोलकत्ताविरुद्ध पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);