आईपीएल: रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली प्लेअफमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईपीएल: रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली प्लेअफमा

rcb vs dc

काठमाडौं, १६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जीत निकाल्दै दिल्ली क्यापिटल्स् प्लेअफमा पुगेको छ ।

सन २०१२ पछि दिल्ली पहिलो पटक प्लेअफमा पुगेको हो । फिरोज शाह कोट्ला रंगशालामा घरेलु टोली दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभर पूरा खेल्दै ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनाउन सकेको थियो । बैंग्लोर १६ रनले पराजित भएको हो । १२ खेल मध्ये ८ खेल जीतेको दिल्ली १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । बैंग्लोरका लागि अविजित रहेका मार्कस स्टोनिसले ३२ रन बनाउँदा ओपनिङ ब्याट्सम्यान पार्थिव पटेलले ३९ रन बनाएका थिएभने गुर्केराट सिंहले २७ रन बनाएका थिए । यस्तै, कप्तान विराट कोहलीले २३ रन, शिवम दुवेले २४ तथा ए भि डिभिलियर्सले १७ रन बनाएका थिए ।

बैंग्लोरविरुद्ध दिल्लीका स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारीत २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । दिल्लीका लागि शेरफाने रुथफोर्डले उत्कृष्ट व्याटिङ गरेका थिए । अविजित रहेका उनले १३ बलमा २८ रन बनाउँदै बैंग्लोरविरुद्ध लक्ष्य लम्ब्याएका थिए । यस्तै, दिल्लीका कप्तान श्रयस अयर र शिखर धवनले अर्धशतक प्रहार गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);