टोटनहम र चेल्सी भिड्दै, वेष्ट हामविरुद्ध देखिएला रोनाल्डोको जादु? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टोटनहम र चेल्सी भिड्दै, वेष्ट हामविरुद्ध देखिएला रोनाल्डोको जादु?

काठमाडौं । इंग्लिस प्रिमियर लिगको पाचौं चरणमा आज टोटनहम हटस्पर र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । 

आइतबार टोटनहमको मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ९ बजे सुरु हुनेछ । प्रिमियर लिगमा टोटनहम चौथौ जितको खोजीमा हुनेछ । यसअघि ३ जित र १ हार ब्यहोरेको टोटनहम ९ अंकसहित तालिकाको सातौं स्थानमा छ । 

यता, चेल्सी भने प्रिमियर लिगमा अपराजित रहेको छ । मुख्य स्ट्राइकर रोमेलु लुकाकुको लयसँगै चेल्सीले ३ खेलमा जित र एक खेलमा बराबरी सहित १० अंक जोडेर चौथो स्थानमा रहेको छ । भ्रमण टोली चेल्सी टोटनहमलाई पराजित गर्दै दोस्रो स्थानमा पुग्न चाहन्छ । यता, घरेलु टोली टोटनहमसमेत जित हासिल गर्दै कम्तीमा शीर्ष ४ मा रहन चाहन्छ । 

आजै साझ हुने खेलमा ब्राइटनले लेष्टर सिटीको सामना गर्नेछ । घरेलु मैदान अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा हुने खेलमा जित हासिल गर्दै ब्राइटन शीर्ष ४ मा आफ्नो स्थान बनाउन चाहन्छ । यता, लेष्टर भने खेल जित्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । 

आइतबार नै अर्काे खेलमा वेष्ट हाम युनाइटेडले म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ । खेल वेष्ट हामको घरेलु मैदानमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ । 

शीर्ष तीनमा रहेको युनाइटेड वेष्ट हामलाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो, पाउल पोग्वा लगायतको साथ पाएको युनाइटेड पछिल्लो युइएफए च्याम्पियन्स लिगमा योङ ब्वाईजसँग पराजित भएको थियो । 

यता, वेष्ट हामसमेत घरेलु मैदानमा युनाइटेडलाई पराजित गर्दै शीर्ष सातभित्र आफूलाई सुरक्षित गराउन चाहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);