मड्रिडसँग २–१ गोल अन्तरले ग्रानाडा पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मड्रिडसँग २–१ गोल अन्तरले ग्रानाडा पराजित

एजेन्सी, ३० असार । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिको नजिक पुगेको छ ।सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो । फ्रान्सेली डिफेन्डर फिरल्याण्ड मिन्डेले १० औं मिनेटमा पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको ६ मिनेटपछि करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवातमै २–० ले अघि बढाएका थिए । दोस्रो हाफको सुरुवातमा पाहुना टोलीका डर्विन माचिसले एक गोल फर्काएका थिए ।

जिनेदिन जिदान नेतृत्वको रियलले लिगमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । दुई खेल मात्र बाँकी रहेको अवस्थामा रियलले बार्सिलोनासंग ४ अंकको अग्रता बनाएको हो । हेड टू हेडको आधारमा बार्सिलोना भन्दा रियल अगाडी छ । शीर्ष स्थानको रियलले ३६ खेलबाट ८३ अंक जोडेको छ । ग्रानाडा ५४ अंक सहित छैटौ स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);