जुम्लामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

जुम्लामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

जुम्ला । जुम्लामा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।  यही कात्तिक २५ गतेबाट जुम्लामा महिला, पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा खुला महिला, पुरुष भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकास्थित त्रिभुवन मावि झारज्वालामा सञ्चालन हुने भएको छ । जुम्लाका प्रत्येक स्थानीय तहका १/१ महिला र एक पुरुष गरी दुई वटा टिम प्रतियोगितामा सहभागिता हुन पाउने जिल्ला खेलकुद विकास समितिकी सदस्य सचिव संगीता आर्चायले बताइन् । 

उनले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै यही  कात्तिक २५ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताइन् । जुम्ला आठै तहका महिला पुरुष टिम छनौट गरी १६ टिम प्रतियोगितामा सहभागी हुने बताइएको  छ ।

उक्त प्रतियोगितामा सहभागिता जनाउने टिमले कात्तिक २४ गतेसम्म टिम दर्ता गर्नु पर्ने भएको छ । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी कर्णाली प्रदेश मुख्यमन्त्री कपका लागि जिल्ला खेलकुद विकास समितिकाले पठाउने भएको  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताए ।  

प्रतियोगितामा प्रथम हुने महिला पुरुष टिमलाई पुरस्कार नगद ५० हजार र द्वितीय हुनेलाई नगद ३५ हजार, कप, मेडल र प्रमाण पत्र दिइने सदस्य सचिव आर्चायको भनाई छ । प्रतियोगितामा प्रथम आउने महिला पुरुष टिमसँगै अन्य टिमका पनि उत्कृष्ट खेलाडीलाई छनौट गरिने भएको छ । 

छनौट भएका खेलाडीलाई करिब एक महिनासम्म आन्तरिक प्रशिक्षण गराएर प्रदेशस्तरीय मुख्यमन्त्री कपमा सहभागी गराइने सदस्य सचिव आचार्यले जानकारी दिइन् । प्रतियोगिताको सहआयोजक पनि गुठिचौर गाउँपालिका रहने र संघीयताको मर्मअनुरूप यस पटक जिल्लामा नभएर पालिका स्तरमा पहिलो पटक जिल्ला स्तरिए भलिबल प्रतियोगिता गरिने भएको छ । 

गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले भलिबल प्रतियोगिताको सहआयोजक आफ्नो पालिका हुने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले प्राय खेलकुद आयोजना गर्दा जुम्लामा झैँ झगडा हुने भएकोले प्रतियोगितालाई मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला खेलकुद विकास समितिलाई अनुरोध गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);