महिला टी–२० स्मास क्रिकेटको उपाधिका लागि नेपाल र थाइल्याण्ड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

महिला टी–२० स्मास क्रिकेटको उपाधिका लागि नेपाल र थाइल्याण्ड भिड्दै

nepal vs thailand final

काठमाडौं, ५ माघ ।  थाइल्याण्डमा जारी टि–२० स्म्यासको उपाधिका लागि अहिले नेपाल आयोजक टोलीसँग खेल्दैछ । केही समयमा शुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाईनलमा नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजीत गरी उपाधि यात्रा तय गरेको हो । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको थियो । शुक्रबारै भएको दोस्रो सेमिफाईनलमा थाइल्याण्डले युएइलाई ४९ रनले पराजीत गरी उपाधि यात्रा तय गरेको हो ।

२ बर्षपछि महिला क्रिकेटकाे फाइनलमा पुगेकाे नेपाली टिम प्रतियाेगितामा अपराजित टिम हाे । ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट गरिरहेकाे नेपालले थाइल्याण्डलाइ पराजित गरेमा महिला क्रिकेटकाे इतिहासमा पहिलाे पटक उपाधि जित्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);