टी-२० स्म्यास क्रिकेट : थाइल्याण्डसंग पराजित भएसंगै नेपाल उपविजेतामा सिमित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

टी-२० स्म्यास क्रिकेट : थाइल्याण्डसंग पराजित भएसंगै नेपाल उपविजेतामा सिमित

काठमाडौं, ५ माघ । थाइल्याण्डमा जारी महिला टी–२० महिला क्रिकेटको फाइनलमा नेपाल थाइल्याण्डसंग पराजित भएको छ । थाइल्याण्डसंग पराजित भएसंगै नेपाल उपविजेतामा सिमित भएको छ । थाइल्याण्डसँग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको हो ।

शनिबार तेर्थई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर २ बलमा ५१ रन मै अलआउट भयो ।

ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा १ रन बनाएर आउट भइन् भने लगत्तै ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भएकी थिइन । पाँचौ ओभरमा प्रतियोगितामा उत्कृस्ट लयमा रहेकी सिता राना मगर पनि १३ रन बनाएर क्याच आउट भएकी थिइन् ।

रोमा थापा २ रन, सरिता मगर ५ रन तथा कप्तान रुबिना क्षेत्री ५ रन बनाएर आउट हुँदा नेपालको माथिल्लो क्रम पेभेलियन फर्किएको थियो । सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);