नेपाल मलेसियासँग पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाल मलेसियासँग पराजित

काठमाडौं । पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय महिला क्रिकेटको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित गरेको छ ।

क्वालालम्पुरस्थित वाइएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको हो ।

मलेसियाले टस जितेपछि ब्याटिङमा आएको नेपाल १६.५ ओभरमा ५० रनमै अलआउट भयो । ज्योति पाण्डेले ११ र सम्झना खड्काले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । डेब्यु गरिरहेकी सम्झनाले २५ बल खेल्दै १ चौका प्रहार गरिन् ।

ज्योतिले १७ बल खेल्दै २ चौका प्रहार गरिन् । यो बाहेक नेपालबाट चौका प्रहार गर्ने खेलाडी ओपनर काजोल श्रेष्ठमात्र थिइन् । उनले ६ रन जोडिन् । अर्की ओपनर सीता रानामगर आफूले सामना गरेको पहिलो बलमै आउट भइन् । इन्दु वर्मा ३, कप्तान रुविना क्षेत्री २, कविता कुँवर र अप्सरी बेगम शून्य, कविता जोशी १, अस्मिना कर्माचार्य ३ रनमा आउट भइन् ।

निक एटिइलाले ३ विकेट लिइन् । प्लेयर अफ द म्याच उनले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चिइन् । एइना हसिम, एइसा फिर्दाउज र माहिराह इस्माइलीले २–२ विकेट लिइन् । एइनाले ३.५ ओभरमा १०, एइसाले २ ओभरमा ९ र माहिराहले ४ ओभरमा ३ रनमात्र खर्चेकी थिइन् ।

मलेसियाले १३.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । वान जुलिया रोस्दीले १३ र एइनाले अविजित १२ रन बनाइन् । नेपालबाट रुविना र सीताले २–२ तथा कविता कुँवरले १ विकेट लिइन् । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);