महिला टी–ट्वेन्टी क्रिकेट : नेपालद्धारा थाईल्याण्ड पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महिला टी–ट्वेन्टी क्रिकेट : नेपालद्धारा थाईल्याण्ड पराजित

t twenty

काठमाण्डौ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले अल आउट हुनुपूर्व १५ ओभर ४ बलमा १९ रन मात्र बनाउन सक्यो भने नेपालका आरती विडारीले ३, सरिता मगर र इन्दु बर्माले समान २ –२ विकेट लिए । नेपालले २० ओभरको समान्य लक्ष्य ३ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । नेपाली ओपनर ममता चौधरीले ८ रन बनाइन् भने नेरी थापाले ५ र डोली भट्टले २ रन बनाए । नेपालको यो लगातार चौथो जित हो । आजको जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);