टी–२० विश्वकप छनोट : पारसको अर्धशतकमा नेपालको सहज जित, कुवेत ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

टी–२० विश्वकप छनोट : पारसको अर्धशतकमा नेपालको सहज जित, कुवेत ७ विकेटले पराजित

काठमाडौं, ११ साउन । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत कुवेतसँगको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ ।

कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभर मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले ६८ रनको शानदार  इनिङ्स खेले । पारसले ४२ बल खेल्दै ६८ रन जोडे। टी २० आईमा पारसको यो तेस्रो अर्धशतक हो। यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो  ।

नेपालका नेपालका विदोन भण्डारी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । यस्तै करण केसीले दुई तथा अबिनाश बोहराले एक विकेट लिए ।

पाँच देशको सहभागिता रहेको छनोट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् ।

नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);