नेपालद्वारा इष्ट लण्डन क्लब २२३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपालद्वारा इष्ट लण्डन क्लब २२३ रनले पराजित

nepalvseastlondon

काठमाडौं, ९ साउन । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धाति ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् । यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिएका थिए ।

३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन ३८ दशमलव ५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेल खेलेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);