उपराष्ट्रपति कप राष्ट्रिय महिला लिगमा आज २ खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपराष्ट्रपति कप राष्ट्रिय महिला लिगमा आज २ खेल हुँदै

rautahat mahila team

लतिलपुर, ११ साउन । लतिलपुरमा जारी उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगीतामा आज पनि २ खेल हुँदैछन । आजको पहिलो खेलमा विभागीय नेपाल एपीएफ र रौतहटबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको प्रतिस्पर्धा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसअघिको खेलमा काठमाडौंलाई १०–० को फराकिलो अन्तरले हराएको एपीएफ उच्च मनोबलका साथ मैदान उत्रनेछ । अर्को विभागीय टोली पुलिसलाई १–० ले हराएको रौतहटपनि सोहि लयका साथ मैदान उत्रने तयारीमा छ ।

आजै हुने दोस्रो खेलमा अर्को बिभागीय टोली नेपाल आर्मी र काठमाडौं आमने सामने हुनेछन् । दोस्रो खेल सोही मैदानमा अपरान्ह साढे ३ बजे सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);