फिफा वर्ष खेलाडीका लागि १० खेलाडीको नाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

फिफा वर्ष खेलाडीका लागि १० खेलाडीको नाम सार्वजनिक

fifa men's player

एजेन्सी, ९ साउन । फिफा वर्ष खेलाडीका लागि विश्वका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको छ । फिफाले सार्वजनिक गरेको मनोनयनको सूचीमा विश्व विजेता फ्रान्सबाट तीन खेलाडी परेका छन् ।

नयाँ पेलेको उपनाम पाएका फ्रान्सका किलियम एम्बाप्पेसँगै एन्टोनियो ग्रेजम्यान र राफेल भाराने उत्कृष्ट १० को सूचीमा परेका हुन् । पाँच पटकका बोलन डिओर उपाधि विजेता अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो पनि मनोनयनमा परेका छन् । मेस्सी र रोनाल्डोले विश्वकपमा उत्कृष्ठ खेल देखाउन नसकेको भन्दै आलोचना भैरहेको छ ।

यसैगरी इंग्लण्डका ह्यारी केन र इजिप्टका मोहमद सलाह पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । यसैगरी चेल्सी तथा बेल्जियमका एडिन हाजार्ड, म्यान्चेस्टर सिटी तथा बेल्जीयमका केभिन डे ब्रायन र रियाल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच पनि मनोनयनमा परेका छन् ।

फिफाले यही सेप्टेम्बर २४ तारिखमा लण्डनमा आयोजना हुने एक कार्यक्रममा वर्ष खेलाडी घोषणा गर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);