फिफाद्वारा वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

फिफाद्वारा वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

मनोनयनमा रोनाल्डो, मेस्सी र लेवान्डोस्की समेटिए

एजेन्सी, २७ मंसिर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई समेटेको छ ।

युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ । लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए ।

रोनाल्डोले गत सिजन ईटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । यता बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो दबदबा कायम राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);