युइएफए वर्ष खेलाडीको अन्तिम मनोनयनमा बुफोन, मेस्सी र रोनाल्डो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

साउन ३२ , एजेन्सी । युइएफए वर्ष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । युइएफए वर्ष खेलाडीको अन्तिम मनोनयनमा जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो परेका छन् ।

मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, अर्जेन्टिना र बार्सिलोनाका स्ट्राइकर मेस्सी तथा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो अन्तिम तीनमा परेका हुन् । मनोनयनमा परेका १० खेलाडीबाट ८० जना प्रशिक्षक तथा ५५ जना खेल पत्रकारको मतका आधारमा बुफोन, मेस्सी र रोनाल्डो अन्तिम तीनमा परेका हुन् । मेस्सी र रोनाल्डो दुवैले यसअघि दुई पटक यो अवार्ड जितेका छन् । रोनाल्डो गत वर्षका विजेता समेत हुन् । तीन खेलाडी मध्येबाट एकजनालाई आउँदो अगस्ट २४ मा मोनाकोमा हुने विशेष कार्यक्रममा अवार्ड प्रदान गरिने छ । त्यहि बेला च्याम्पियन्स लिग समूह चरणको ड्र पनि सार्वजनिक हुनेछ ।

यो अवार्डका लागि मनोनयनमा पर्ने १० खेलाडीमा लुका मोड्रिक, टोनी क्रस, पाउलो डायबाला, सर्जियो रामोस, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की र जाल्टन इब्राहिमोविच रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);