युरोपेली युनियनबाट बाहिरिने प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युरोपेली युनियनबाट बाहिरिने प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद असफल

एजेन्सी, १९ चैत । युरोपेली युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिट प्रक्रियाको गतिरोध फुकाउन बेलायती संसद फेरि पनि असफल भएको छ । बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायतलाई युरोपेली युनियनबाट बाहिर ल्याउन प्रस्तुत गरेको वैकल्पिक प्रस्तावहरूमा ब्रिटिश सांसदहरू यसपल्ट पनि सहमत हुन सकेनन् ।

तल्लो सदन हाउस अफ कमन्स्मा प्रस्तुत गरिएका चारवटा प्रस्तावमा कुनैले पनि बहुमत जुटाउन सफल नभएपछि यो प्रक्रिया थप अनिश्चित बनेको छ । प्रधानमन्त्री मेले प्रस्तुत गरेको प्रस्ताव संसदमा अस्वीकृत भएको यो चौथोपटक हो ।

गत हप्ता भएको मतदानमा प्रस्ताव अस्वीकृत भएपछि मेले कन्जरभेटिभ पार्टीका सांसदहरुले साथ दिए आफूले सत्ता त्याग्ने बताएकी थिइन् । मंगलबार प्रस्तुत विकल्पहरु पनि अस्वीकृत भएपछि मेले मन्त्रिमण्डलको आकस्मिक बैठक बोलाएकी छिन्।

बैठकमा ब्रेक्जिटका विकल्पहरु सम्बन्धी प्रस्ताव पुनः संसदमा प्रस्तुत गर्ने वा नगर्ने भनेर निर्णय हुने बताइएको छ । बेलायतलाई युरोपियन युनियनबाट कुनै सम्झौता गरेर वा नगरी छुट्टिने निर्णय गर्न अप्रिल १२ सम्मको समय छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);