समलिंगीलाई मृत्युदण्ड तथा चोरका हातखुट्टा काटिने ब्रुनाई कानूनको विश्वभरबाट आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

समलिंगीलाई मृत्युदण्ड तथा चोरका हातखुट्टा काटिने ब्रुनाई कानूनको विश्वभरबाट आलोचना

sultan

काठमाडौं, २१ चैत । ब्रुनाईमा समलिंगी यौन सम्बन्ध राख्ने जोडीमाथि सार्वजनिक स्थानमा ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिने कानुन बुधबारबाट औपचारिक रुपमा लागू भएको छ ।

नयाँ कानून अनुसार अप्राकृतिक यौन सम्बन्ध राख्ने तथा इस्लामिक प्रचलन अनुसार अनैतिक यौन सम्बन्ध राख्नेलाई मानिसहरुको भीड अगाडि ढुङ्गाले हिर्काएर मृत्युदण्ड दिइनेछ । त्यस्तै, चोरी गर्नेको हातखुट्टा काटिनेछ भने अन्य अपराधमा संलग्नलाई पनि कोर्रा हान्ने, जरिवाना तिराउने तथा सार्वजनिक बेइज्जती गर्ने लगायत यस्तै किसिमका कठोर सजाय दिइने व्यवस्था छ ।

नयाँ कानून किशोरावस्था पुगिसकेका मुसलमानका साथै अन्य धर्मका मानिसहरुलाई पनि केही हदसम्म लागू हुने बताइएको छ ।ब्रुनाईको यस्तो कानूनको भने विश्वभरबाट आलोचना र तीब्र विरोध भएको छ । त्यस्तै, ब्रुनाईका समलिंगी र तेश्रोलिंगीहरुले पनि नयाँ कानूनलाई मध्ययुगमा आधारित कानून भन्दै विरोध गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);