कानून आयोगका सदस्य परस्त्रीसँग रंगेहात पक्राउ, २८ कोर्रा हानियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कानून आयोगका सदस्य परस्त्रीसँग रंगेहात पक्राउ, २८ कोर्रा हानियो

indonesia kora

एजेन्सी, २१ कात्तिक । हामीकहाँ कानून बनाउनेले नै कानूनको उल्लंघन गर्ने तर शक्तिका भरमा उन्मुक्ति पाउने गरेका अनेकन घटनाहरु हुने गर्दछन् । तर इण्डोनेसियामा चाहीँ आफैले बनाएको कानून तोड्ने एक व्यक्तिलाई कडा सजाइँ दिइएको छ ।

इण्डोनेसियाको सुमात्रामा धोकाधडी तथा व्यभिचार विरुद्धको कानून बनाउने मध्येका एकजना मुखलिस बिन मुहम्मद नामका व्यक्ति आफैले उक्त कानूनको उल्लंघन गर्दै अपराध गरे । जसका कारण उनलाई सजायँ स्वरुप २८ कोर्रा हानिएको छ ।

इण्डोनेसियामा कुनै विवाहित पुरुषले अरु परस्त्रीसँग सम्बन्ध राख्नुलाई ठूलो व्यभिचारको अपराध मानिन्छ । सुमात्रा टापुस्थित एकेह प्रान्तमा त्यहाँको एकेह उलेमा काउन्सिलले यस सम्बन्धमा कडा कानून तयार गरी लागू गरेको थियो । उक्त काउन्सिलको कानून तर्जुमाका क्रममा मुखलिस पनि सहभागी थिए । तर पछि उनले आफैले बनाएको त्यो कानून तोडे र पक्राउ परे ।

समाचार अनुसार सामुद्रिक तटको नजिकै एउटा कारमा ती व्यक्ति अर्की एक महिलासँग रंगेहात पक्राउ परेका थिए । घरमा आफ्नी श्रीमती हुँदाहुँदै कारमा अर्की महिलासँग रोमान्स गरेको पाइएपछि उनीमाथि व्यभिचार विरुद्धको कानून अन्तर्गत गत बिहिबार कडा सजायँ दिइयो । त्यसक्रममा मुखलिसलाई २८ कोर्रा हानियो भने मुखलिस सँग सल्किएकी ती महिलालाई २३ कोर्रा हानियो । साथै मुखलिसलाई काउन्सिलबाट पनि बर्खास्त गरिएको छ ।

४६ वर्षका मुखलिस धर्मगुरु समेत भएको बताइएको छ । सन् २००५ मा सरिया कानून लागू भएपछि सार्वजनिक रुपमा कोर्रा हान्ने सजायँ पाउने उनी नै पहिलो धर्मगुरु भएको बताइएको छ ।

स्मरण रहोस्, एकेह प्रान्तमा जुवा खेल्न, समलिंगी सम्बन्ध कायम राख्न, विवाह अघि यौन सम्पर्क राख्न, रक्सी पिउन सख्त प्रतिबन्ध छ । एजेन्सीको सहयोगमा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);