'विवाह नगरी यौन सम्बन्ध राख्नेलाई जेल हाल्ने' गरी इन्डोनेशियाली संसदले ल्यायो कानून | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

‘विवाह नगरी यौन सम्बन्ध राख्नेलाई जेल हाल्ने’ गरी इन्डोनेशियाली संसदले ल्यायो कानून

एजेन्सी, २० मंसिर । इन्डोनेशियाको संसदले अविवाहितबीच यौन सम्बन्ध गैरकानूनी हुने गरी विधयेक पारित गरेको छ । संसदले अनुमोदन गरेपछि बनेको नयाँ कानूनले अविवाहित महिला र पुरुषलाई साथ बस्न बन्देज लगाउनुका साथै यौन सम्बन्ध राखे एक वर्ष जेल हाल्न सक्ने प्रावधान राखेको छ । तर, यो कानून अर्को तीन वर्ष लागू भइहाल्नेछैन ।

इन्डोनेशियाली र त्यहाँ रहने विदेशी नागरिकमा समेत लागू हुने कानून अनुसार विवाहोत्तर सम्बन्ध राख्ने पनि जेल जाने प्रावधान छ । पति या पत्नीले विवाहोत्तर सम्बन्ध राखेमा कानूनी कारबाहीका लागि निवेदन दिन सक्नेछन् र आरोप प्रमाणित भए जेल जानुपर्नेछ ।

२६ करोड ७० लाख जनसंख्या भएको इन्डोनेशिया मुस्लिम बाहुल्य राष्ट्र हो । त्यहाँ कतिपय प्रान्तहरुमा यौनबारे अनुदार कानूनहरुको पालना गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);