कार्यलयमा दिक्क मानेर बस्ने भन्दै मालिकले निकालिदिए, अदालतले पुनर्वहाली गरिदियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कार्यलयमा दिक्क मानेर बस्ने भन्दै मालिकले निकालिदिए, अदालतले पुनर्वहाली गरिदियो

पेरिस। के तपाइ कार्यलयमा दिक्क मानेर बस्ने, कामप्रति रुची नदेखाउने र जहिले टोलाउने त गर्नु भएको छैन ? यदि छ भने तुरुन्तै सुधार गर्नुहोस है । नत्र मालिकले बर्खास्त गर्लान नि ? यस्तै घटना फ्रान्समा भएको छ। कार्यलयमा दिक्कलाग्दो व्यवहार देखाएको भन्दै एक जना कर्मचारीलाई त्यहाँको एउटा कम्पनीले निकालिदिएको छ । तथापि, अदालतले भने उनको पुनर्वहाली गर्न आदेश दिएको छ।

कार्यस्थलमा पर्याप्त रमाइलो नगरेको कारण परामर्शदाता फर्मबाट निकालिएका ती व्यक्तिलाई आफूले मन परेको बोरिङ गर्ने अधिकार रहेको फ्रान्सको एउटा अदालतले हालै फैसला सुनाएको हो ।

सन् २०१५ मा पेरिसमा रहेको फ्रान्सेली व्यवस्थापन परामर्शदाता क्युबिक पार्टनर्सले टी (पूरा नाम गोपनीयता कारण खुलासा गरिएको छैन्) लाई बर्खास्त गरेको थियो। उनीसँग काम गर्न गाह्रो भएको, काममा कम चासो देखाएको र दिक्कलाग्दो व्यवहार गरेको र मदिरा पिउने लगायतका कार्यक्रममा सहभागी नभएको भन्दै कम्पनीले उनलाई बर्खास्त गरेको थियो ।

कम्पनीले स्पष्ट रूपमा के भन्न खोजेको थियो भने टिम बिल्डिङमा कम्पनीको ‘रमाइलो’ दृष्टिकोणमा उनी पर्याप्त मात्रामा सहकर्मीसँग बाहिर जाँदैनथे ।

क्युबिक पार्टनरद्वारा ’व्यावसायिक अपर्याप्तता’को कारण दर्शाइ बर्खास्त गरिसकेपछि टी कम्पनीविरुद्ध अदालतमा पुगेका थिए । पर्याप्त रमाइलो नभएकै कारण कार्यलयबाट बर्खास्त गरिएको विषय अबैध भएको उनले तर्क गरेका थिए । वर्षौंको कानुनी लडाईपछि एक शीर्ष फ्रान्सेली अदालतले बर्खास्तगीमा परेका ती कर्मचारीको पक्षमा फैसला सुनाएको थियो । आफ्नो फैसलामा अदालतले सल्लाहकार कम्पनीले कसैलाई पनि बलपूर्वक गोष्ठिमा सहभागी गराउने अधिकार नभएको र बारम्बारको साताव्यापाी मदिरा सेबन गर्न कर लगाउँद उनको मौलिक अधिकार हनन भएको जनाएको छ।

परामर्श कम्पनीलाई कसैलाई जबरजस्ती सेमिनारहरूमा भाग लिन र हप्ताको अन्त्यमा अत्यधिक मदिरा पिउनका लागि प्रोत्साहन गर्ने अधिकार नभएको अदालतले भनेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);