अष्ट्रेलियाका उपप्रधानमन्त्री जोइस अयोग्य ठहर | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

एजेन्सी, १० कार्तिक । अष्ट्रेलियाको एउटा उच्च अदालतले त्यहाँका उपप्रधानमन्त्री बर्नबी जोइसलाई अयोग्य ठहर गरेको बीबीसीले जनाएको छ।

उपप्रधानमन्त्री जोइस र अन्य चार राजनीतिज्ञहरुले दोहोरो नागरिकता लिएको भन्दै अदालतले अयोग्य ठहर गरेको हो।

सरकारी कार्यलयमा रहन अयोग्य रहेको बताउँदै जोइसलाई कार्यलय छाड्न समेत निर्देशन दिएको छ।

बाँकी अन्यले भने गत जुलाई मै कार्यलय छोडिसकेका बताइएको छ। अस्ट्रेलियाको सविंधान अनुसार दोहोरो नागरिकता भएका नागरिकहरुलाई निर्वाचित हुन प्रतिबन्ध लगाएको छ।