बेलायती प्रधानमन्त्री थेरेसा मे कन्जर्भेटिभ पार्टीको नेताबाट बाहिरिइन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायती प्रधानमन्त्री थेरेसा मे कन्जर्भेटिभ पार्टीको नेताबाट बाहिरिइन्

बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी

एजेन्सी, २४ जेठ । बेलायती प्रधानमन्त्री थेरेसा मे शुक्रवारदेखि कन्जर्भेटिभ पार्टीको नेताबाट औपचारिक रुपमा बाहिरिएकी छन् । युरोपियन युनियनबाट बेलायत बाहिरिने ब्रेक्जिटका विषयमा मेले संसदमा पेश गरेका सबै प्रस्तावहरु असफल भएपछि उनले दुई साता अघि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन ।

कन्जर्भेटिभको नेताबाट हटेपछि पार्टीमा मेको उत्तराधिकारी खोज्ने बाटो खुलेको छ । मेले ब्रेजिक्टका बिषयमा अघि सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि उनलाई पद त्याग गर्न दबाब बढेको थियो ।

मे कन्जर्भेटिभ पार्टीको नेताबाट हटेपछि नयाँ प्रधानमन्त्री चयनका लागि उनको पार्टी भित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने बिषयमा छलफलमा जुटेका बेलायती संचारमाध्यमहरुले जनाएका छन् । पार्टीले नेताका रुपमा अर्को प्रधानमन्त्री छनौट नगरेसम्म मेले नै प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने बताईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);