आज दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं, १३ वैशाख । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, मदनकुमारी
शाह प्रश्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा, प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह, सुरेशकुमार आले मगर समर्थक भइ सूचना गर्नुभएको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरुरी सार्वजनकि महत्वको प्रश्तावमाथि छलफल हुने, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, अध्यागमन विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत हुने कार्यसूचि रहेको छ भने प्रतिनिधि सभामा सभामुखले संसदीय सुनुवाई समितिमा रहनुहुने सदस्यहरुको नाम मनोनयनका लागि प्रश्ताव
गर्नुहुने, ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम (८) बमोजिम विशेष समिति गठन गरियोस् भनि सदस्यहरुको नामावली सहितिको प्रश्ताव पेस गर्नुहुने, उक्त प्रश्तावको रघुजी पन्तले समर्थन गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)  विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);