काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने खानेपानी मन्त्री चौधरीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने खानेपानी मन्त्री चौधरीको प्रतिवद्धता

काठमाडौं, २३ मंसिर । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन् । मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्रै महिना काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे । उनले काठमाडौंवासीलाई बाह्रै महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको समेत जानकारी दिए ।

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताए । उनले अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउन सक्ने पनि उल्लेख गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);