काठमाडौं, १६ पुस ||
पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौं उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताउनु भयो । उहाँले सरकारले पानीको आपूर्ति बिस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गर्नुभयो । उहाँले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिइ चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताउनु भयो ।




