समानुपातिकमा कतिले पाए राष्ट्रिय दलको मान्यता ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

समानुपातिकमा कतिले पाए राष्ट्रिय दलको मान्यता !

काठमाडौं, २ पुस । प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० दलको जमानत जफत भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा  निर्वाचनमा प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको हो । निर्वाचन आयोगको अनुसार समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको हो ।

निर्वाचनमा प्रतिनिधिसभामा ४७ दल सहभागी थिए । राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ ।

सोही बमोजिम भर्खरै सम्पन्न भएको निर्वाचनबाट सात वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);