उपनिर्वाचनको मतपरिणामलाई लिएर दलहरु समिक्षामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपनिर्वाचनको मतपरिणामलाई लिएर दलहरु समिक्षामा

गोपाल झा
महोत्तरी, २३ मंसिर । गत मंसिर १४ गते भएको उपनिर्वाचनमा आफ्नो दलले पाएको मत परिणामलाई लिएर दलहरुले समिक्षा गरिरहेका छन् । आफ्नो आधार क्षेत्रमा जनमत गुमाउनु र अर्को क्षेत्रमा चुनाव जित्नुलाई कमजोरी र सफलताको रुपमा अर्थ्याउँदै आएका छन् ।

यसले पनि के देखाउँछ भने जनमत गुमाउनु र पाउनुलाई निर्वाचनको मुख्य निर्णयकर्ता जनता हुन् । यस्तै जनताले सत्ताको परिवर्तन गरेको क्षेत्र हो, महोत्तरीको पिपरा गाँउपालिका । जहाँ २०७४ सालको निर्वाचनमा राजपा विजय भएको थियो भने मंसिर १४ को उपनिर्वाचनमा नेकपाले जीत हासिल गरेको छ ।

प्रदेश २ अन्तरर्गत महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा नेकपाले विजयी हासिल गरेको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा राजपा नेपाल विजयी हासिल गरेको यस गाउँपालिकामा भएको उपनिर्वाचनमा भने राजपालाई पराजीत गर्दै नेकपाले अध्यक्ष पदमा विजय हासिल गर्न सफल रहेको हो ।

यो चुनावी अंक गणितले सत्ता समिकरण मात्र परिवर्तन गरेन, सत्तामा पुगेका दलले आफ्ना बाचालाई ब्यवहारमा उतारेको अनुभव जनतालाई गराउन सके की सकेनन् भन्ने समेत बुझाएको छ ।

प्रदेश दुईको सत्ताधारी दलको पराजयले पिपराका जनतालाई पार्टी भन्दा आफ्नो गाउँ ठाउँको समग्र बिकास चाहिन्छ, भन्ने सन्देश दिएको उदाहरणको रुपमा लिन सकिन्छ ।

यता निर्वाचनमा जनताको मन जित्नुभएका नबनिर्बाचित गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले पार्टी प्रदेशको सत्तामा नरहेपनि जनताका लागी र भ्रष्टाचार बिरुद्ध काम गरेकाले आफ्नो पार्टीले जित निकालेको बताउनु हुन्छ ।

स्थानिय निकायको चुनावपछि यस पालिकाको बिकासका लागि प्रदेश र संघीय सरकारबाट करोडौंको बजेट आएपनी पार्टी निकटका कार्यकर्ता र संघसंस्थामा खन्याएको, सितलहर, खडेरी, डुवान जस्ता समस्यामा स्थानिय सरकारको अनुभुती पाउन नसकेको, आरोप सत्तामा रहेका दललाई लाग्दै आएको थियो ।

जनताका लागी अहोरात्र खटीने बाचा गरेका पार्टीका जनप्रतीनिधीहरुले बिश्वासघात गरेकाले नै चुनावी अंकगणितमा फेरबदल आएको बुद्धीजिबीको भनाई छ ।

महोत्तरी प्रतिनिधि सभा क्षेत्र ३ मा राजपा अध्यक्ष मण्डलका सदस्य महन्त ठाकुरले संघमा र दुवै प्रदेशसभामा राजपाले जित हासिल गरेको थियो । तर उपनिर्वाचनमा आएको फेरबदलले भने जनता पार्टीको पछाडी दौडिन्छन् भन्ने भ्रमलाई चिरिदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);