रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको ट्रयाक निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको ट्रयाक निर्माण सम्पन्न

rasuwa gadi

हिमनाथ देवकोटा,
रसुवा, ३ बैशाख । चिनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको ट्रयाक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेशी हुँदै नाका जोड्ने सडकको ट्रयाक खुलेको हो । ट्रयाक खुलेपछि रसुवागढी नाकाबाट आयात तथा निर्यात बढ्ने अपेक्षा गरिएको छ ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैशाख देखि सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएकोे हो । बेत्रावतीदेखि स्याफ्रुबेँसीसम्म १७ किलोमिटर डबल लेन र ६ किलोमिटर सिङ्गल लेन गरी २३ किलोमिटर सडक निर्माण गरेको छ । भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन निर्माण गरेको हो । सडक निर्माण सम्पन्न गरिए पनि स्तरोन्नतीको काम भइरहेकाले सडक हस्तान्तरण गर्नुपूर्व यातायात सञ्चालन नहुने भएको छ ।

सडकको ट्रयाक निर्माण सम्पन्न भएपनि अहिले नेपाली सेनाले स्तरोन्नतीको गरिरहेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्यमा केही ढिलाई हुन पुगेपनि तोकिएको समयमानै सडक निर्माण कार्य सम्पन्न गर्न सफल भएको छ । सडक स्तरोन्नतीका लागि अहिले नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले काम गरिरहेको छन् । नवनिर्मित सडकमा दुई वर्षसम्म बर्खाको समयमा सवारी साधन सञ्चालन गर्न नमिल्ने निर्माण नेपाली सेनाको मैलुङ स्याफ्रुबेशी सिडक निर्माण कार्यदलले जनाएको छ ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माणमा ६८ करोड ६९ लाख खर्च भएको छ । १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ । नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो हुनेछ । सेनाले निर्माण गरेको सडकमा अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको रसुवागढी नाकाबाट आयात तथा निर्यात बढ्ने अपेक्षा गरिएको छ ।

चिनले पनि आफनो रसुवागढी देखि केरुङसम्मको २६ किलोमिटर सडकलाई प्राथमिकता राखि तिब्र गतिमा निर्माण गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);