गल्छी-त्रिशूली-मैलुङ सडक छिटो सक्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गल्छी-त्रिशूली-मैलुङ सडक छिटो सक्न निर्देशन

नुवाकोट, २७ माघ ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको वहुचर्चित गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुवेसी सडकखण्डको काम समयमै सक्न सरोकारवालाले निर्देशन दिएका छन्। जसअन्र्तगत मुआव्जाका लागि दुई साताभित्रै प्रक्रिया सुरु हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय विदुरमा शुक्रवार भएको सरोकारवालाहरुसँगको छलफलमा आयोजनाले जग्गा अधिग्रहणका लागि नापी कार्यालयमार्फत लगत लिने काम अन्तिम चरणमा पुगेकोले कुनै एक खण्डको मुआव्जा निर्धारणको लागि १५ दिनभित्रै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ। सडक निर्माण कार्यमा ढिलाई भइरहेका कारण धुलो तथा हिलोले सर्वसाधारणलाई समस्या पर्नुका साथै वातावरण प्रदुशणसमेत भइरहेको वेलकोटगढी नगरपालिका वडा नं. ८ की सरस्वती न्यौपानेले वताइन्।

पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको देवीघाट हुदै त्रिशूली-मैलुङसम्म निर्माण भइरहेको सो सडकमार्गको निर्माणलाई तदारुकता दिन गत मंसिरदेखि गल्छी-देवीघाट सडक वन्द गरेर निर्माण कार्य भइरहेको छ। नेपाललाई भारत-चीन जोड्ने छोटो मार्गको रुपमा रहेको राष्ट्रिय गौरवको सो सडक नेकपा एमालेका अध्यक्ष केपी शर्माओली प्रधानमन्त्रि भएका वेला राष्ट्रिय प्राथमिकतामा राखेर निर्माण गर्ने निर्णय भएको थियो।

निकै महत्वपुर्ण सडक आयोजनाको रुपमा रहेकोे ‘गल्छी-त्रिशूली-मैलुङ्ग-स्याफ्रुबेसी-रसुवागढी’सडक नौ अर्व ५० करोड रुपैयाको लागतमा निर्माण भइरहेको छ। सो सडक गल्छीदेखि स्याफ्रुवेशीसम्म ८२ किलोमिटर रहेको छ भने स्याफ्रुवेशीवाट रसुवागढीसम्म १५ दशमलव पांच किलोमिटर दुरी रहेको छ।

एकै पटक पांच स्थानवाट निर्माण भइरहेको सो सडक पहिलो चरणमा पृथ्वी राजमार्गको गल्छीदेखि मैलुङसम्म ४६ किलोमिटर सडक निर्माण भइरहेको छ। आयोजनाको काम तिव्ररुपमा अघि बढाउन शनिवारदेखि सो सडक मार्गको वीचमा रहेको पिपलटारदेखि गल्छीसम्म १९ किलोमिटर सडकमा यातायातका आवागमन नै वन्द गरेर निर्माण भइरहेको छ।

सो सडक सडक योजना चिनिया कम्पनी एमएस कन्भेग÷तुदी कन्स्ट्रक्सन÷रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्कामार्फत निर्माण गरिरहेको छ। गत सन् २०१६ को मे सात तारिख देखि निर्माण सुरु भएको सो सडक २१ महिनामा सम्पन्न गर्ने लक्ष्य अनुसार सडक योजनाको काम सुरु भएको एक वर्षमा अपेक्षित काम नहुँदा फेरी ६ महिना म्याद थपिइसकेको जनाइएको छ।

सो सडक निर्माण भएपछि नेपाल-भारत-चीन छोटो दुरीमा पुगिने त्रिदेशीय मार्गको रुपमा रहने नुवाकोट उद्योग वाणिज्य संघका महासचिव दीपक कायस्थले वताए। चीनले गत सेप्टेम्वर एक तारिखदेखि रसुवागढी नाकालाई अन्र्तराष्ट्रिय नाकाको रुपमा मान्यता दिइसकेको छ।

निर्धारित समयमा काम सम्पन्न गर्न सम्भव नहुने भएपछि पुस १ गते शनिवारदेखि फागुन मसान्ससम्म तीन महिनासम्म १९ किलोमिटर दुरीको दुरीको पिपलटारदेखि गल्छीसम्म पर्ने सडकमा यातायात सञ्चालन नै बन्द गरेर सडक विस्तारको कामलाई तिव्रता दिइएको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिए। सो सडक आयोजनामा हाल कटिङ गर्ने, नाली वनाउने, ट्रयाक वनाउने, वाल लगाउने, ह्युम पाइपहरु राख्ने काम भइरहेको सडक आयोजना कार्यालय विदुरले जनाएको छ।

१७ महिनाको अवधिमा हालसम्म सो सडक आयोजनाको काम १० प्रतिशत मात्र पुरा भएको छ। सडकमार्गमा पर्ने जग्गा अधिग्रहण, वत्ति र वन क्षेत्रमा पर्ने काम सुरु हुन नै सकेको छैन्।

सडक निर्माणको कामलाइ तिव्रता दिन पुस १ गतेवाट बिहान ६ बजेदेखि ९ बजेसम्म र बिहानको ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सडकमा यातायात सञ्चालन पूर्ण रुपमा बन्द गरी निर्माणको कामलाई तिव्र पारिएको आयोजना प्रमुख देवकोटाले वताए।

आयोजनाको काम केही ढिलाई भएपनि पछि आउन सक्ने विवादसमेत ध्यानमा राखेर काम भइरहेको आयोजना पक्षले वचाव गरेको छ। आयोजनाले सडकको केन्द्रविन्दुदेखि १५÷१५ मिटर दायावायाँ जग्गापर्ने जग्गा धनी र सडकमा पर्ने घरधनीलाई सामाजिक न्यायका आधारमा उचित मुआव्जा उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।

आयोजनाले वातावरण प्रदुषण रोक्नको लागि आवश्यक सबै प्रक्रिया अवलम्वन गर्ने, स्थानीयवासीको माग अनुसार आयोजनाको बारेमा सार्वजनिक सुनुवाई गर्ने जनाएको छ। आयोजना निर्माण सुरु भएको लामो समय वितिसक्दा पनि निर्माणको योजनाको काम १८ दशमलव ५ प्रतिशत मात्र प्रगती भएको छ।

सडक निर्माणलाई गति दिनको लागि गत पुस १ गतेदेखि दिउँसो सडक बन्द गरेर निर्माण भइरहेको सडकको प्रगति यसवीचमा ८ दशमलव ५ प्रतिशत बढेको आयोजनाको दावी छ। आयोजना निर्माण सुरु भएको लामो समय वितिसक्दा पनि रातमाटे, बट्टार क्षेत्रमा सडक निर्माणको काम सुरु हुन सकेको छैन।

बेलकोटगढी नगरपालिकाको रातमाटे तथा जिलिङ क्षेत्रका जग्गाधनीहरुले पहिले जग्गाको उचित मूल्याङ्कन हुनुपर्ने र विदुरको बट्टार क्षेत्रमा सडकको मध्य भागको विषयमा विवाद हुँदा यी क्षेत्रमा काम अघि बढ्न सकेको छैन। आयोजनामा देखिएका विवादहरु तत्काल समाधान गरी सडक विस्तारको कामलाई प्रभावकारी रुपमा अघि बढाउनको लागि सरोकारवालाहरुवीच समन्वय गरी अघि बढ्ने सहमतिसमेत भएको छ।

आयोजनाले सदरमुकाम विदुरको गंगटेदेखि ढुंगेसम्मको सडक चार लेनको विस्तार गर्न लागेको छ। चारलेनको सडक विस्तार गर्दा प्रमुख बजार क्षेत्रका सर्वसाधारण विस्थापित हुनुपर्ने जनाउंदै केही स्थानीयले आफूहरुलाई विस्थापित नगराउन आग्रह गरेका छन्।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको सडकमा देखिएका ससाना विवादलाई थाँती राखेर सडक निर्माणको गतिलाई तिब्र बनाउनुपर्ने बताए। उनले आयोजनाले स्थानीयवासीका जायज मागलाई संवोधन गरेर सडक निर्माणलाई अघि बढाउन सुझाव दिए।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आयोजानको विषयमा विभिन्न चरणमा छलफल भइरहेको बताउँदै स्थानीयको जायज मागलाई पूरा गराउन प्रशासन समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेपनि अनावश्यक झमेला निकाल्नु गलत भएको बताए। स्थानीय स्तरमा देखिएका विवादमा समान धारणा ल्याउनु पर्ने स्थानीयको माग रहेको छ।

कार्यक्रममा सहभागिहरुले आयोजनालाई छिटोछरितो निर्माण गर्नको लागि माग गरेका थिए। गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी सडकखण्ड अन्र्तगतको वट्टार, विदुर र त्रिशूली क्षेत्रमा वैकल्पिक मार्ग खोज्नुपर्ने विदुर, वट्टार र ढुङ्गेका स्थानियवसीहरुले माग गरेका छन।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी सडक विस्तारले स्थानीय क्षेत्रको विकास भए पनिसडक वरपर वस्तीहरु व्यवस्थापन गरिनु पर्ने स्थानीयवासी शिवकुमारी डंगोलले वताइन्। उनले अहिले ५ मिटर छोड्दा पछि आउने पुस्ताहरु त्यहाँबाट बिस्तापीत हुनुपर्ने वताइन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);