आगलागीले सर्वस्व गुमेपछी छोरिको बिहे रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आगलागीले सर्वस्व गुमेपछी छोरिको बिहे रोकियो

प्युठान, २७ माघ । बुधवार साझ जिल्लाको सरुमारानी गाउंपालिका-२ को अदुवावारी गाउमा भएको भिषण आगलागीले सर्वस्व डढाएपछी यहाँका ३ दाजुभाईको घरपरिवार पुर्ण रुपमा घरबार बिहिन हुन पुगे। त्यो साँझ निम बहादुर घरमा थिएन्न,छोरीको बिहे भएकाले सामान जुटाउन भ्याई नभ्याई थियो उनलाई।

बिहेको लागि अपुग सरसामान किनमेल गर्नुपर्ने थियो। त्यसैले उनी बिहानै कपिलबस्तुको चन्द्रौटा तिर हानिएका थिए। उनकी श्रीमती छिमेकमा रोटि पकाउने सहयोगी बोलाउन गएकी थिइन।घरमा कोहि थिएन्न। यहि मौका छोपेर चार बर्षिया नातिले आफ्नै घरमा आगो झोसे, त्यहि आगोले दर्लामि परिवारको उठिबास लगायो।

खरले छाएको घर भएकाले उनिहरु सबैको घर छिनभर मै जलेर सकिए। दर्लामी परिवार छोरिको बिहेको चाँजोपाजो गर्दै थियो। किन कि परम्परा अनुसार जन्ती र परपाहुनाको सत्कार गर्नैपर्ने हुन्थ्यो,प्रीती दर्लामीको बिहे यहि माघ २८ गते आइतवारका दिन गर्ने तिथिमिति समेत तय भएकोले गाउभरी बिहेको निम्तो दिइसकिएको थियो, झण्डै ५ सय छिमेकी इष्ट्रमित्र र आफन्तलाई निम्तो बांडिएको थियो।

बिहेमा छोरिलाई दाइजो दिन पलङ्ग,दराज,टेवुल,कुर्सी भांडाकुडा लगायत सरसामान दुई दिन अघिमात्र किनेर ल्याएका थिए उनका अभिभावक निम बहादुरले ।यसैसाता नै बिहेको लगन रहेकाले बिहे हुने परिवारले सबै तयारी गरिसकेका थिए। बिहे घर भएकाले चहलपहल पनि बढ्दै थियो।तर ,बुधवारको आगलागिले ती सबैको आशा माथी तुषारापात भएको छ।

निम बहादुर दर्लामीको घरबाट सुरु भएको आगोले उनका अन्य दुईभाई कुल बहादुर र नुम बहादुर दर्लामीको समेत घर सखाप भए। अहिले उनिहरु सबै आफ्नो बुवाको घरमा आश्रय लिइ बसेका छन।आगलागिबाट घरमा भएका लत्ताकपडा भाडाकुडा कागजात सबै खरानी भए।प्रहरिका अनुसार आगलागिबाट यी तीन घरपरिवारको १६ लाख बढिको धनमाल नोक्सानी भएको छ।

आगलागिमा परि सबै स्वाहा भएपछी बिहे रोकिएको छ।तीन दिन अगावै आगलागिमा घर खरानी भएपछी छोरिको बिदाईको तयारिमा रहेको त्यो परिवार अहिले संकटमा परेको छ।बाङ्गेसालकै ददेरीमा बिहेको तयारिमा रहेका निमबहादुरले छोरिलाई दाइजो दिन भनी किनेको साढे तीन तोला सुन,४० तोला चादी र ६० हजार नगद समेत जलेर खरानी भएको सुनाए।

छोरिलाई दिनका लागि बनाएर ल्याएको सुनचादी पनि जोगाउन सकेनौु निम बहादुरले भने, सबै सत्यानाश भयो हजुर,केही बाँकी बचेन।ु उनले थपे,ुजन्ती सत्कार र अन्य खर्चका लागि राखिएको नगद पनि जल्दा अब घर न घाट भएका छौँ। घरमा कोहि नभएका बेला केटाकेटिले आगो चलाउदा सबै घर जलेको उनले बताए।

अग्नि पिडितको घर पुगे जनप्रतिनिधी

बुधवार राती आगलागीबाट घरबार बिहिन भएका तीन घर परिवारलाई सरुमारानी गाउपालिकाले राहत प्रदान गरेको छ। गाउपालिका अध्यक्ष झग बहादुर बिक,उपाध्यक्ष मिना सोमै,प्रमुख प्रशासकिय अधिकृत शारदा रजौरे, गाउपालिका प्रबक्ता एव वडा नम्बर २ का वडाअध्यक्ष वसन्त जिसि, बिपत ब्याबस्थापन समिती संयोजक मोहम्मद हलिम लगायतका जनप्रतिनिधी सम्मिलित टोलिले प्रतिपरिवार एघार हजार नगद र खाधान्न एवं लत्ताकपडा शुक्रवार राहत स्वरुप हस्तान्तरण गरेको हो।

राहत हस्तान्तरण गर्दै सरुमारानी गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले उनीहरुलाई दैनिक उपभोग र सुरक्षित आवासका लागि समस्या पर्ने देखिएको बताउदै भने,ू आगामी बर्ष बिपन्नलाई राहत पुग्ने गरि खरको छानो मुक्त अभियान सुरु गर्ने छौँ।

गाउपालिकाले जस्तापाता उपलब्ध गराउने छ।ु उनले भने। आगलागीको खवर पाएलगत्तै प्रजिअको नेतृत्वमा स्थलगत रुपमा पुगेर राहत सामग्री वितरण गरिएको छ। प्रजिअ डा कृष्ण घिमिरे सहितको टोलिले प्रति घरपरिवार दशरदश हजार रुपैयाँ नगद पिडितहरुलाई प्रदान गरेको हो। । नेपाल रेडक्रस सोसाइटीले लत्ताकपडा, भाडाकुडा, त्रिपाल लगायत सामग्री समेत प्रदान गरेको थियो।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);