आगलागीमा आमा, हजुरबा हजुरआमासहित १४ जनाको मृत्यु, बेहुलीलाई चुपचाप विहे गराइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आगलागीमा आमा, हजुरबा हजुरआमासहित १४ जनाको मृत्यु, बेहुलीलाई चुपचाप विहे गराइयो

एजेन्सी । मंगलबार साँझ भारतको आशिर्वाद अपार्टमेन्टमा सुबोध श्रीवास्तवको घरमा विवाह थियो, तर चिंगारीबाट सुरु भएको आगलागीले दुलहीकी आमा र हजुरआमासहित १४ जनाको ज्यान गयो। त्यतिकैमा बेहुलीलाई थाहा थिएन कि उनको घरमा यति ठूलो दुखद घटना घटेको छ । उनको परिवारका सदस्यको मृत्यु भइसकेको जानकारी समेत थिएन ।

बेहुलीलाई घरमा आगो लागेको र आमा घाइते भएको मात्रै भनिएको थियो । उनको अनुहारमा मुस्कान पूरै हराएको थियो। मंगलबार राति विवाहस्थल सिद्धिविनायकमा न द्वारचर न जयमाला भएको थियो । सिधै बिहेको संस्कार सुरु भयो । यो सबै देखेर दुलही स्वाती एकटकले हेरिरहेकी थिइन् । उसको आँखाले बारम्बार आमा, भाइ र अरूलाई खोजिरहेको थियो। तर, उनी चुपचाप बिहे गरिरहेकी थिइन् ।

बेहुलीले आफ्नी आमा घाइते भई अस्पतालमा भर्ना भएको बताइएको थियो । हजुरबुवाको मृत्युको कुरा पनि लुकाइएको थियो । गिरीडिहको न्यू बरगण्डा दुर्गा मन्दिर रोडबाट जुलुस निस्किएको थियो । बेहुलाको नाम सौरभ र बाबुको नाम राजेन्द्र प्रसाद हो । सौरभ बैंगलोरको एक आईटी कम्पनीमा काम गर्छन्।

गोविन्दपुर पुग्दा बारातीले घटनाबारे थाहा पाए । त्यसपछि सबैजना डेढ घण्टा त्यहीँ बसे । त्यसपछि विवाह स्थल पुगे । यहाँ जयमालाको पूजा गरिएन । बेहुलीका काका दीपु कुमार र भाउजुले कन्यादान कार्यक्रम सम्पन्न गरे । बुबा निश्चल बसिरहनुभएको थियो । बेहुलीलाई बेलुका ४ बजेतिर विवाहस्थलमा लगिएको थियो ।

धनबादको जोरफाटक शक्ति मन्दिर रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा मंगलबार साँझ करिब ६ः३० बजे आगलागी भएको हो । यही अपार्टमेन्टमा बस्ने सुबोध लालकी छोरीको विवाह भएको थियो । हजारीबाग र बोकारोका आफन्तहरू उनको घरमा आएका थिए। आगलागीमा जलेर र निसास्सिएर १४ जनाको ज्यान गएको छ । त्यहाँ ३६ जना घाइते भएका छन् । कोही पाटलीपुत्र नर्सिङ होम र कोही एसएनएमसीएचमा उपचार गराइरहेका छन् । सबै खतरामुक्त छन् । दश महिला, दुई बालिका, एक बालक र एक वृद्धको मृत्यु भएको छ । दोस्रो तलामा रहेको फ्ल्याटमा बत्ती खसेर आगलागी भएको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले धनबादमा भएको आगजनीमा परी मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);